४ आश्विन २०८१, शुक्रबार

नेपाल बङ्गलादेश बैंकले ल्यायो डि सी कार्ड योजना

प्रकाशित मिति :  3 February, 2021 4:13 pm


काठमाडौँ
नेपाल बङ्गलादेश बैंकले बिभिन्न पेशामा कार्यरत पेशागत ब्यक्तिहरुलाई लक्षित गरी स(साना ब्यक्तिगत आवश्यकता परिपूर्ति गर्न का लागि डि सी कार्ड योजना ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले एउटै खाताबाट कर्जा तथा बचतको सुबिधा पाउन सक्ने बैंकले जानकारी दिएको छ । यस योजनामा ग्राहकहरुले कर्जाको सीमा अन्तर्गत रही रकम उपयोग गर्न पाउनेछन् भने सीमा बाहेकको रकम खातामा जम्मा गर्दा बचत खाताको ब्याज पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले हालसम्म ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा बत बाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !