४ आश्विन २०८१, शुक्रबार

नेपाल यातायातमा मुक्तिनाथ बैंकको क्यु आर भुक्तानी सेवा

प्रकाशित मिति :  3 February, 2021 4:34 pm


काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले नेपाल यातायातमा क्यु आर भुक्तानी सेवा सुरु गरको छ ।

डिजिटल कारोवारलाई प्राथमिकता दिदै नेपालको यातायात क्षेत्रमा क्यु आर मार्फत भुक्तानीलिने कार्यको सुरुवात गरेको बैंकका सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

काठमाण्डौं उपत्यकाभित्र संचालनमा रहेको नेपालयातायात ऐक्सप्रेस प्रा.लि. संग बैंकले संझौता गरी क्यू आर कोड मार्फत भुक्तानीलिने कार्य हिजबाट सुचारु भएको बैंकले जानकारी दिएको छ ।

नेपाल यातायातको बसमा यात्रा गर्ने यात्रीहरुले बसमा भएको मुक्तिनाथ बैंकको क्यू आर कोड स्क्यान गरी डिजिटल रुपमा भाडा बापतको रकम भुक्तानी गर्न सक्नेछन् । यातायात क्षेत्रमा यो व्यवस्था गर्नाले खुद्रा पैसा सटहीको समस्याबाट मुक्तीपाईने,नोटको हिफाजतमा बृद्धि हुने साथै कोरोनाबाट बच्नपनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको बैकले जानकारी दिएको छ ।

बैंकले डिजिटल कारोवारलाई प्राथमिकता दिदै मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स रकम जम्मा गर्ने आदि सेवाहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरेको छ ।



प्रतिक्रिया दिनुहोस !