५ आश्विन २०८१, शनिबार

अख्तियारको प्रमुखमा राई आएलगत्तै कार्यवाहक प्रमुख जोशीद्धारा राजीनामा

प्रकाशित मिति :  3 February, 2021 5:29 pm


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा.गणेशराज जोशीले राजीनामा दिएका छन् ।

प्रमुख निर्वाचन आयुक्तमा पूर्वगृहसचिव प्रेम राई नियुक्त भएपछि जोशीले राजीनामा दिएका हुन् । राईले आजै सपथ ग्रहणपछि पदभार ग्रहण गरेका छन् । जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आजदेखि लागू हुने गरी आयुक्त पदबाट राजीनामा दिएका हुन् ।

उनले संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम लिखित राजीनामा दिएका राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगनाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

तत्कालिन प्रमुख आयुक्त नवीनकुमार घिमिरेको भदौ २८ गते कार्यकाल सकिएपछि जोशीले कार्यवाहकका जिम्मेवारी पाएका थिए ।

जोशीको कार्यकाल आगामी १९ चैतसम्म बाँकी थियो तर झण्डै २ महिना पहिले नै उनले पदबाट राजीनामा दिएका थिए । जोशी २०७१ चैत १९ गते अख्तियारको आयुक्तमा नियुक्त भएका थिए।



प्रतिक्रिया दिनुहोस !