३ आश्विन २०८१, बिहिबार

कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन डेरी एशोसिएसनको आग्रह

प्रकाशित मिति :  3 February, 2021 5:50 pm


काठमाडौं । नेपाल डेरी एशोसिएसनले कृषिको प्राथामिक तहमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।

आज पोखरा स्थित होटल एलो प्यागोडामा गण्डकी प्रदेशका अध्यक्ष शिवहरि आचार्य अध्यक्षतामा आयोजना भएको पत्रकार सम्मेलनमा एशोसिएसनका केन्द्रीय पदाधिकारीले नेपालको कृषिमा विदेशी लगानी भित्राउनु भनेको आफ्नो खुट्टामा आफैं बन्चरो हान्नु जस्तै भएको बताउँदै सरकालाई निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।

विदेशी लगानी आउँन लाग्दा सबै कृषि क्षेत्र लगायत उद्योगी व्यवसायी सबैलाई चिन्ताले सताएको उनले बताए ।

एशोसियनका निवर्तमान अध्यक्ष सुमित केडियाले विदेशी लगानी ल्याउने सरकारको र केहि व्यक्ति विशेषको चलखेल भएको बताए ।

“यसमा केहि सिमित मात्राका मान्छेलाई फाईदा हुने तर देश लगायत सम्पूर्ण कृषि उद्योग तथा अन्य सबै प्रकारले नोक्सान भई देशको अर्थतन्त्रमा असर पर्ने कुरा निश्चित छ,” उनले भने ।

६५ प्रतिशत भन्दा बढी व्यक्तिहरु कृषि तथा पशुपालनमा संलग्न रहेपनि व्यवसायिकताको अभावले गर्दा निर्वाहमूखी नेपालको कृषि क्षेत्रमा ठूला प्रत्यक्ष वैदेशिक लगानी आउने वातावरण सिर्जना भएमा नेपालको कृषि क्षेत्र ध्वस्त हुने कृषि उद्यमी व्यवसायी बताउछन् ।

नेपालको ९ सय किलोमिटर खुल्ला सिमानाको कारणले पनि बहुराष्ट्रिय कम्पनीले नेपालमा कृषिसंग सम्बन्धित क्षेत्रमा लगानी गर्दा ती उद्योगसंग प्रतिस्पर्धा गर्न नसकीने कृषि उद्यमीको गुनासो छ ।

 



प्रतिक्रिया दिनुहोस !