५ आश्विन २०८१, शनिबार

चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्षको निधन

प्रकाशित मिति :  3 February, 2021 6:21 pm


काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधन भएको छ । भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा गए राति उनको निधन भएको हो ।

लामो समयदेखि कलेजो पीडित भएका अध्यक्ष रानामगरको ३८ वर्षकोे उमेरमा निधन भएको गाउँपालिका प्रवक्ता सावित्री गुरुङले जानकारी दिइन् ।

उनको शवलाई आजै नेपाल ल्याउने तयारी भइरहेको प्रवक्ता गुरुङले जानकारी दिए । रानामगरको श्रीमती र एक छोरी छन् । उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !