४ आश्विन २०८१, शुक्रबार

हडताल सफल पार्न भन्दै बिहान ५ बजे नै सडकमा आउन कार्यकर्तालाई निर्देशन,काठमाडौंमा तोकियो क्षेत्र

प्रकाशित मिति :  3 February, 2021 6:38 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड नेपाल समूहले भोलीको हडताल सफल पार्न भन्दै काठमाडौं उपत्यकामा बिहान ५ बजे नै सडकमा आउन कार्यकर्तालाई निर्देशन दिएको छ ।

बन्दका लागि विभिन्न क्षेत्र तोकेर बिहान ५ बजेनै सडकमा ओर्लन निर्देशन दिएको हो । नेता हिमाल शर्माका अनुसार काठमाडौं उपत्यकामा बन्द सफल बनाउन भन्दै विभिन्न क्षेत्र तोकिएको छ ।

जसमा गोंगबु चोक,बालाजु चोक, नारायणगोपाल चोक,चाबहिल चोक, कोटेश्वर चोक, भोटाहिटी चोक, कलंकी चोक, बल्खु चोक, फर्पिङ चोक र थानकोट चोकमा कार्यकर्तालाई जम्मा हुन भनिएको छ ।

प्रचण्ड-नेपाल समूहले तेस्रो चरणको आन्दोलन गरिरहेको छ । संवैधानिक परिषद्बाट सिफारिस भएका संवैधानिक निकायका प्रमुख तथा सदस्यहरु नियुक्ति भएपछि उक्त समूहले आकस्मिक रुपमा भोली देश व्यापी आम हड्तालको घोषणा गरेको हो ।



प्रतिक्रिया दिनुहोस !