५ आश्विन २०८१, शनिबार

प्रचण्ड-नेपाल समूहको आम हडतालको पूर्वसन्ध्यामा गृह मन्त्रालयद्धारा कारबाहीको चेतावनी

प्रकाशित मिति :  3 February, 2021 9:06 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड -नेपाल समूहले आम हडताल घोषण गरेपछि गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ ।

आज बेलुकी मन्त्रालयले विज्ञप्ति जारी गर्दै भोली हुने देशव्यापी आमहडताल आव्हान गरिएको भनी सार्वजनिक भएको प्रेस वक्तव्यले ध्यानाकर्षण भएको उल्लेख गर्दै गलत कृयाकलाप विरुद्ध कानूनी कारबाही गर्ने चेतावनी दिएको हो ।

प्रवक्ता चक्र बहादुर बुढाद्धारा जारी विज्ञप्तिमा भनिएको छ,”शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जवरजस्ती लगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानून बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।”

नेपालको संविधान तथा प्रचलित कानून विपरित शान्ति सुरक्षामा खलल पुग्ने सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सवालनमा अवरोध लगायतका ध्वंशात्मक एवं अवाञ्छित गतिविधि नगर्न भन्दै गृहमन्त्रालयले संविधान प्रदत्त हकको निर्वाध उपभोग गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्न भनेको छ ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,”दैनिक रूपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने हुँदा यातायात व्यवसायी लगायत सबै उद्यमी व्यवसायीहरूलाई निर्धक्क एवं पूर्ववत् रूपमा आ(आफ्नो उद्योगधन्दा, पेशा व्यवसाय सञ्चालन गर्न गृह मन्त्रालय हार्दिक आग्रह गर्दछ ।”



प्रतिक्रिया दिनुहोस !