४ आश्विन २०८१, शुक्रबार

आम हडतालका लागि प्रचण्ड-नेपाल समूहले तोक्यो ‘फिल्ड कमाण्डर’

प्रकाशित मिति :  3 February, 2021 10:20 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहले घोषणा गरेको आम हड्ताल सफल बनाउन भन्दै काठमाडौंका मुख्य ११ स्थानमा नेतृत्वका लागि कमाण्डर तोकेको छ ।

कलङ्की चोकमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खुमा बेदुराम भुसाल र सातदोबाटोमा देव गुरुङले हडतालको नेतृत्व गर्नेछन् ।

पुल्चोकमा पम्फा भुसाल, कोटेश्वरमा लीलामणि पोखरेल, चाबहिलमा वर्षमान पुन र हरिबोल गजुरेललाई जिम्मेवारी दिइएको छ । नारायणगोपालचोक महाराजगञ्जमा शक्ति बस्नेत,गोंगबुमा भीम रावल, बालाजुमा रघुजी पन्तले हडतालको नेतृत्व सम्हाल्ने छन् ।

रत्नपार्कमा प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ । प्रचण्ड नेपाल समूहले आकस्मिक पत्रकार सम्मेलन गर्दै भोलीका लागि हडताल घोषणा गरेको हो ।

उक्त समूहले बिहान ५ बजे नै यि ठाउँहरुमा उपस्थित हुन कार्यकर्तालाई निर्देशन दिइसकेको छ । आम हडताको पूर्वसन्ध्यामा देशका विभिन्न भागमा मसाल जुलुस समेत निकालेको छ ।



प्रतिक्रिया दिनुहोस !