५ आश्विन २०८१, शनिबार

प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य वाग्लेको दुर्घटनामा निधन

प्रकाशित मिति :  4 February, 2021 7:14 am


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा निधन भएको छ ।

बुधबार राति ९ बजे सर्लाहीको बरहथवा नगरपालिका ९ मुर्तिया जंगलमा भएको दुर्घटनामा वाग्लेको मृत्यु भएको इलाका प्रहरी कार्यालय वरहथवाका प्रमुख डिएसपी उद्धबसिंह भाटले जानकारी दिए ।

‘वाग्ले सवार ज १० प ३२०६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको अवस्थामा शव फेला परेको डिएसपी भाटले बताए । प्रहरीले घटनास्थलबाट उठाएर बरहथवा अस्पताल पुराएपनि वाग्लेको मृत्यु भइसकेको डाक्टरले घोषणा गरेका थिए । उनी बुधबार साँझ सर्लाहीको वरहथवामा आयोजना गरेको मशाल जुलुशमा सहभागी भएर घर फर्कने क्रममा दुर्घटना भएको हो ।

नेकपा जिल्ला अध्यक्ष रेवती पन्तका अनुसार वाग्ले बुधबार दिउँसो बरहथवामा पार्टीको जिल्ला कमिटीको पूर्ण बैठकमा सहभागि भएका थिए।
विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका थिए । वाग्लेका श्रीमती र दुई छोरा छन्।

प्रचण्ड-नेपाल समूहले भने दुर्घटना रहस्य भए भनेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले वाग्लेको निधन रहस्यमय भएको बताएका हुन् ।

उनले भनेका छन्,”हाम्रो पार्टीको केन्द्रीय सदस्य क. डाचाराज वाग्लेको हिजो भएको रहस्यमय असामयिक निधनको खबरले स्तब्ध र मर्माहत बनाएको छ। अझै पनि अविश्वसनीय झैं लाग्ने एउटा होनाहार क्रान्तिकारी नेता एवं योध्दाको निधनबाट पार्टी र आन्दोलनमा ठूलो क्षति भएको छ।श्रध्दाञ्जली कमरेड !परिवार र सवैलाई समवेदना।”



प्रतिक्रिया दिनुहोस !