५ आश्विन २०८१, शनिबार

काठमाडौंको गोंगवु चोकमा प्रचण्ड-नेपाल समूहद्धारा ट्याक्सीमा आगजनी

प्रकाशित मिति :  4 February, 2021 7:28 am


काठमाडौं । प्रचण्ड नेपाल समूहका कार्यकर्ताले काठमाडौंमा विहानै एक ट्याक्सीमा आगजनी गरेका छन् । कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको छ ।

सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै उक्त समूहले आज देशव्यापी आम हडताल घोषणा गरेको छ ।

प्रचण्ड नेपाल समूहले विहान ५ बजे नै चोक चोकमा कार्यकर्तालाई सडकमा प्रर्दशन गर्न निर्देशन दिएको थियो । गोंगबुमा भीम रावललाई आम हडतालको नेतृत्व गर्ने जिम्मा दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !