४ आश्विन २०८१, शुक्रबार

प्रचण्ड-नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्य पक्राउ

प्रकाशित मिति :  4 February, 2021 7:37 am


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यसहितका नेता कार्यकर्ता कलंकीबाट पक्राउ परेकी छन् ।

कलंकी क्षेत्रबाट आम हडतालको नेतृत्व गरिरहेकी नेतृ शाक्यलाई प्रहरीले पक्राउ गरेको हो ।  कलंकी क्षेत्रबाट नेतृ अष्टलक्ष्मी शाक्यसहित नेता–कार्यकर्ता पक्राउ परेका हुन् । प्रचण्ड–माधव समूहले  नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो ।

प्रहरीले अलिहेसम्म कलंकी क्षेत्रबाट ८ जना, सोह्रखुट्टे क्षेत्रबाट १३ जना, महाराजगञ्जबाट १० र नयाँ बानेश्वरबाट ४ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

नेकपाका नेता रामप्रसाद सापकोटा दीपशिखाले गोंगबु क्षेत्रबाट मिलन तमाङ,समीर तमाङ, रमेश तमाङ, राज कुमार तमाङ, राजेन्द्र पाण्डेलाई पक्राउ गरेको जानकारी गराएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !