४ आश्विन २०८१, शुक्रबार

प्रचण्ड-नेपाल समूहद्धारा बुटवलमा ट्रयाक्टर र ट्रक तेर्साएर बाटो अवरुद्ध

प्रकाशित मिति :  4 February, 2021 8:49 am


रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले घोषणा गरेको आमहड्तालको प्रभाव रुपन्देहीमा बिहानैदेखि परेको छ ।

जिल्लामा फाट्टफुट्ट केही निजी सवारी साधन फाट्ट फुट्ट चलेका देखिएका छन् । बन्दको प्राय प्रभाव परेको छ । बन्दकर्ताले बुटवलको राजमार्ग चौराहाको मूल सडकमा ट्याक्टर तेर्साएर बाटो बन्द गराएका छन् । मिलनचोकमा २ वटा ट्रक राखेर बाटो अबरुद्ध गरिएको छ ।

प्रहरी प्रशासनले बुटवलक्षेत्रमा सुरक्षार्कीको बाक्लो उपस्थिति देखिएको छ । बुटवलमा प्रहरीले सकेसम्म भेला हुन नदिने रणनीति अपनाएको छ ।



प्रतिक्रिया दिनुहोस !