४ आश्विन २०८१, शुक्रबार

फागुनको पहिलो हप्तादेखि संयुक्त जनआन्दालन सुरु हुनेछ : प्रचण्ड

प्रकाशित मिति :  4 February, 2021 9:45 am


काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले आजकल पञ्च र्‍याली गरेर तमासा गरिरहेको टिप्पणी गरेका छन् ।

आज घोषणा गरिएको आमहडताल सफल बनाउन ललितपुरको सातदोबाटोमा प्रर्दशनमा सहभागि भएका अध्यक्ष प्रचण्डले अहिले ओलीको २०४६ सालअघिको सम्झना आएको बताए ।

प्रचण्डले भने,”ओली जीको र्याली हेर्दा मलाई अहिले २०४६ साल पहिलेको सम्झना हुन्छ । पञ्चहरुलेपनि यसरी नै ठूला ठूला र्‍याली हेरौं निकाल्ने लाखौ हजारौं  अहिले ओली जीका र्‍यालीपनि त्यै निभ्ने बेलाको दियो हो ।”

नेकपाको एउटा समूहको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीले हिजो काठमाडौंमा मोटरसाइकल र्‍याली गरेको थियो भने भोली जनसभा गर्दै छ । ओली  समूहले पनि देशभर जनप्रर्दशन गरिरहेको छ ।

प्रचण्डले सरकार नै सडकमा आउनु अनौठो भएको टिप्पणी गरे । उनले आफूहरुको प्रर्दशन जनप्रर्दशन र प्रधानमन्त्री ओलीको प्रर्दशन पञ्च र्‍याली जस्तै भएको टिप्पणी गरे ।

उनले अहिले संवैधानिक निकायका पदाधिकारी नियुक्तिसम्म आउँदा जंगली राज सुरु भएको अनुभूति भएको प्रचण्डको भनाई थियो । उनले भने,”मैले ओली जीले संवैधानिक नियुक्तिसम्म आउँदा यो प्रतिगमनको भद्धा रुप र जंगली राज सुरु भएको जस्तो मानेको छु ।’

अहिले सबै राजनीतिक दल केपी ओलीको कदमको विरुद्धमा रहेको भन्दै प्रचण्डले संयुक्त आन्दालन सुरु हुने बताए । उनले फागुनको पहिलो हप्तादेखि संयुक्त आन्दोलन सुरु हुने दाबी गरे ।

प्रचण्डले भने,”नेपाली कांग्रेस लगायत सबै राजनीतिक दलसँग मिलेर संयुक्त जनआन्दोलन सुरु हुन्छ र केपी ओलीको आयु सकिन्छ । यो आन्दालन अहिलेसम्मकै ठूलो आन्दोलन हुने छ र ओलीका सबै प्रतिगामी कदम खारेज हुनेछ ।”



प्रतिक्रिया दिनुहोस !