५ आश्विन २०८१, शनिबार

प्रचण्ड-नेपाल समूहले घोषणा गरेको आमहडतालको रोल्पामा पनि पूर्ण प्रभाव

प्रकाशित मिति :  4 February, 2021 10:10 am


आमहडतालले गाडी बन्द भएपछि सदरमुकाम लिवाङका टिकट काउन्टर सुनसान छन् । फोटो: जुनिस कुमार विष्ट/ लुम्बिनी सञ्चार

रोल्पा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहले आज घोषणा गरेको आमहडतालको रोल्पामा पनि पूर्ण प्रभाव परेको छ ।

लामो तथा छोटो दुरीका गाडी चलेका छैनन् भने बजारपनि पूर्ण रुपमा बन्द छन् । अहिलेसम्म त्यस्तो कुनै अप्रिय घटनाका खबर प्राप्त भएको छैन ।

प्रतिनिधि सभा विघटनपछि नेकपा विभाजन भएपछि एउटा समूहको नेतृत्व गरिरहेको प्रचण्ड नेपाल समूहले हिजो आकस्मिक रुममा आम हडतालको घोषणा गरेको थियो ।

जिल्लाका मुख्य बजार सुलिचौर, सदरमुकाम लिवाङ बजार, होलेरी, घर्तीगाउँ बजार बन्द छन् । प्रचण्ड नेपाल समूहले बन्दका लागि सहयोग गर्न आग्रह गरेको    छ ।



प्रतिक्रिया दिनुहोस !