५ आश्विन २०८१, शनिबार

मोरङको उर्लाबारीमा १८५ राउण्ड एसएलआरको गोली भेटियो

प्रकाशित मिति :  4 February, 2021 12:22 pm


मोरङ । मोरङको उर्लाबारीरमा १८५ राउण्ड गोली भेटिएको छ । उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा जमिनमुनि गाडेको अवस्थामा एसएलआर राइफलमा प्रयोग हुने ७.६२ एमएम गोली भेटिएको हो ।

स्थानीय दलबहादुर लिम्बूको घरनजिक खेतमा कालो प्लास्टिकमा गाडेको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
स्थानीय ५३ वर्षीय भक्तबहादुर सुवेदीले खेत खन्ने क्रममा गोली भेटेका थिए । द्वन्द्वका समयमा माओवादीका कार्यकर्ताले गाडेको हुनसक्ने प्रहरीको अनुमान छ ।



प्रतिक्रिया दिनुहोस !