२२ आश्विन २०८१, मंगलबार

स्कुटरमा आमहडताल निरीक्षण गर्न निस्किएका नेपालले भने:ओली सच्चिने ओली सच्चिने लक्षण छैन

प्रकाशित मिति :  4 February, 2021 12:55 pm


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले स्कुटर चढेर आमहडतालको निरीक्षण गरेका छन् ।

अध्यक्ष नेपाल कोटेश्वर निवासबाट बा ४२ प ५८१४ नम्बरको स्कुटर पछाडि बसेर आमहड्ताल सहभागित हुन तथा विभिन्न ठाउँमा निरीक्षण गर्न निस्किएका थिए । अध्यक्ष नेपालले उपत्यकाका विभिन्न स्थानमा भएको प्रदर्शनको निरीक्षण गरेको नेकपा पार्टी कार्यालयका उपसचिव मोहन गौतमले जानकारी दिए।

आमहड्तालकै क्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार बिहान सातदोबाटो र पुल्चोक पुगेर धर्ना बसेका थिए। निरीक्षणमा निस्किएका अध्यक्ष नेपालले पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीमा अधिनायकवादी चरित्र देखा परेको आरोप लगाए ।

उनले प्रधानमन्त्री ओली सच्चिने लक्षण नदेखिएको टिप्पणी गरे । नेता नेपालले संविधान, संघीयता र गणतन्त्रप्रति ओलीमा कुनै अपनत्व नरहेको आरोप समेत लगाए ।



प्रतिक्रिया दिनुहोस !