४ आश्विन २०८१, शुक्रबार

संवैधानिक निकायका नियुक्तिबारे धारणा तय गर्न केन्द्रीय समिति बैठक राख्न नेता पौडेलको माग

प्रकाशित मिति :  4 February, 2021 2:09 pm


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक नियकायमा भएका असंवैधानिक नियुक्ति भएको भन्दै पार्टीले धारणा बनाउनुपर्ने माग गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता पौडेलले नेपाली कांग्रेस जस्तो जिम्मेवार लोकतानित्तक पार्टीले एउटा स्पष्ट धारणा तय गनृ तत्काल केन्द्रीय समिति बैठक माग गरेका हुन् ।

संवैधानिक निकायमा नियुक्तिपछि नेकपाको प्रचण्ड नेपाल समूहले आज आम हडताल गरेको छ । नेपाली कांग्रेस भने यस विषयमा मौन बसेको छ ।

पौडेलले भनेका छन्,”देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भईरहेका छन् । संसद छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक नियकायमा भएका असंवैधानिक नियुक्ती त्यसैको पछिल्लो कडी हो ।”

उनले थपेका छन्, “यस्तो अवस्थामा नेपाली काँग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक छ । मैले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक तत्काल बोलाएर आवश्यक छलफल गर्न भनेको छु ।”

संवैधानिक नियुक्तिमा कांग्रेस सभापति शेरबहादुर देउवाका मान्छे समेत परेको आरोप लागेको छ ।



प्रतिक्रिया दिनुहोस !