४ आश्विन २०८१, शुक्रबार

काठमाडौंमा हडतालका कारण प्रभावित यातायातका साधन चल्न थाले

प्रकाशित मिति :  4 February, 2021 3:07 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहले घोषणा गरेका आमहडतालका कारण  प्रभावित यातायातका साधन काठमाडौं उपत्यकामा चल्न सुरु गरेका छन् ।

बन्द गराउन बिहानै सकृय बनेका नेकपाका कार्यकर्ताको उपस्थिति सडकमा कम हुँदै गएको छ । सडकमा निजी सवारी साधन, ट्याक्सी, टेम्पो र केही बस समेत निर्वाध चल्न सुरु गरेका छन् ।

बिहानै तोडफोडका कारण सार्वजनिक यातायात काम चलेका छन् । तर सडकमा विस्तारै यातायातका साधन निर्वाध चल्न सुरु गरेका छन् । केही ठाउँमा भने बन्दकर्ताले अझै अवरोध गर्ने प्रयास गरेका छन् ।

नेकपा प्रचण्ड नेपाल समूहले आज देशव्यापी आमहडताल गरेको थियो । हडताल सफल बनाउन भन्दै उक्त समूहका शिर्ष नेताहरु समेत सडकमा उत्रिएका   थिए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेता बिहानै सडकमा ओर्लिएका थिए । दिउँसाबाट भने सवारी सधान चल्न सुरु गरेका हुन् । बन्दका कारण बिहान छुट्ने लामो दुरीका यातायातका साधन ठप्प रहे ।



प्रतिक्रिया दिनुहोस !