४ आश्विन २०८१, शुक्रबार

संवैधानिक आयोगहरूमा पदाधिकारीको नियुक्तिप्रति विवेकशील साझा पार्टीको आपत्ति

प्रकाशित मिति :  4 February, 2021 4:22 pm


काठमाडौं । विवेकशील साझा पार्टीले संसदीय सुनुवाइविना नै संवैधानिक आयोगहरूमा पदाधिकारीहरूको नियुक्ति र शपथ ग्रहण गराएकोप्रति आपत्ति जनाएको छ ।

सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा भएको नियुक्ति संविधानमाथिको फेरी अर्को घातक प्रहार भएको विवेकशील साझा पार्टीको तर्क छ ।

प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ,श्रृंखलाबद्ध रूपमा असंवैधानिक कदमहरू चाल्दै यो सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्धत रहेको छर्लङ्ग भएको छ।

सरकारको अर्को असंवैधानिक कदमलाई राष्ट्रपतिले फेरी पनि सहजै सदर गरिदिनु दुर्भाग्यपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “त्यसै गरी ती नियुक्ति असंवैधानिक रहेको जिकिरसहित सर्वोच्च अदालतमा दायर मुद्दा विचाराधीन रहेकै अवस्थामा आफै उपस्थित भई शपथ ग्रहण गराउने कार्यले प्रधानन्यायाधीशमाथि पनि नैतिक प्रश्न खडा भएको छ, विवेकशील साझा पार्टी तत्काल संवैधानिक सर्वोच्चता र विधिको शासन पुनर्बहाली हुने कुरामा विश्वस्त छ।”



प्रतिक्रिया दिनुहोस !