४ आश्विन २०८१, शुक्रबार

शेयर बजार परिसूचक नेप्से ८.३४ अंकले बढ्यो,नेपाल पुनर्बीमा कम्पनीको शेयर सबैभन्दा धेरै किनबेच

प्रकाशित मिति :  4 February, 2021 4:36 pm


काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज ८.३४ अंकले बढेको छ । ८.३४ अङ्कले बढेर २४ सय ७५ दशमलव २६ विन्दुमा पुगेको हो ।

व्यापार समूहको शेयर एक सय ३१ अङ्कले, जलविद्युतको ३६ अङ्कले, उत्पादनको ८४, माइक्रोफाइनान्सको एक सय ४६ र निर्जीवन कम्पनीको शेयर ७८ अङ्कले बढ्दा बैंक, होटल, फाइनान्स, जीवन बीमा र म्युचल फण्डको शेयर भने घटेको छ ।

दुई सय एक कम्पनीका एक करोड ८७ लाख १९ हजार कित्ता शेयर सात अर्ब ६१ करोड ५० लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २७ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ । समग्र बजार बढे पनि कर्पोरेट, विकास बैंक र प्रभु लाइफ कम्पनीका शेयरधनीले तीन प्रतिशतभन्दा धेरै गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस !