४ आश्विन २०८१, शुक्रबार

ओली समूहको जनसभाका लागि सञ्चार सेटसहितका स्वयंसेवक परिचालन हुने

प्रकाशित मिति :  4 February, 2021 5:04 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहले भोली काठमाडौंमा हुने जनसभाका लागि सञ्चार सेटसहितका स्वयंसेवक परिचालन हुने भएका छन् ।

भोली हुने जनसभालाई व्यवस्थित गर्न स्वंयसेवक प्रमुखको जिम्मेवारी पाएका महेश बस्नेतले स्वयंसेवकहरुलाई प्रशिक्षण दिँदै भोली जनसभाका लागि सञ्चार सेटसहितका स्वयंसेवक परिचालन हुने जानकारी दिएका हुन् ।

उनले भने, “भोली हाम्रा स्वयंसेवकहरु वकीटकीसहित परिचालन हुनेछन् र आवश्यक पर्नेवित्तिकै सम्पर्कमा पुगिने छ ।”

जनसभामा संकास्पद व्यक्तिको घुसपैठ भएको जानकारी पाउने वित्तिकै स्वयंसेवकको कमाण्डरलाई खबर गर्न भनिएको छ ।

भेलामा नझर्किने र जनसमुदायलाई हातपनि नलगाउन भनिएको छ । उनले भने,”हामी कहिकतै रिसाउने छैनौं, भोली हामीले हात चलाउने छैनौं सेवा, रचनात्मक र सिर्जनशीलतामा मात्रै प्रयोग गर्ने छ । हामीले मुस्कानसहितको सेवा दिनुपर्ने छ । प्रधानमन्त्रीको आदेश अनुसार भोली हाम्रा हात बुद्धका हात जस्ता हुने छन् ।”

ओली समूहले फोहोर संकलन गर्नका लागि आफ्नै स्वयंसेवक परिचालन गर्ने भएको छ भने काठमाडौं महानगरपालिकाले गाडी र फोहोर संकलन केन्द्रको व्यवस्था गरिएको जनाएको छ ।

आमसभा स्थल वरीपरिका होटेल र रेष्टुरेन्टका शौचलाय प्रयोग हुने स्वयंसेवक प्रमुख बस्नेतले जानकारी दिए । प्रयोग गरिएका शौचालय पनि स्वयंसेवकले नै सफा गर्ने उनले बताए ।

नेकपा विभाजनपछि ओली समूहले भोली काठमाडौंमा केन्द्रीकृत शक्ति प्रर्दशन गर्दैछ ।



प्रतिक्रिया दिनुहोस !