४ आश्विन २०८१, शुक्रबार

काठमाडौंमा ओली समूहको शक्ति प्रर्दशन, उपत्यकाका यि १३ ठाउँबाट सुरु हुने छ जुलुस

प्रकाशित मिति :  5 February, 2021 8:56 am


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज काठमाडौंमा आफ्नो शक्ति प्रदर्शन गर्दैछ ।

माघ ९ गते नेकपाकै प्रचण्ड(माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेपछि ओली समूहले आज जनप्रदर्शनसहित नारायणहिटी अगाडि आमसभा गर्न लागेको हो । आमसभाका लागि विभिन्न जिल्लाबाट कार्यकर्ता काठमाडौं उतार्दै छ ।

काठमाडौंमा जम्मा भएर जुलुस निकाल्नका लागि विभिन्न १३ ठाउँ तोकिएको छ ।

तोकिएको रुट अनुसार बागबजारबाट सम्पूर्ण सम्पर्क मञ्चहरुका सहभागी, प्रर्दशनी मार्गबाट युवा,विद्यार्थी,खेलकुद महासंघ र प्रेस संगठन लगायत, पेशागत संगठनहरुको जुलुस निस्कने छ ।

महेन्द्र शालिकबाट पूर्व जनजाति महासंघका घटक संगठन, घण्टाघरमा मुस्लिम समुदायका सहभागी, नेपाल एअरलाइन्स अगाडिबाट ललितपुर जिल्लाका सहभागिताहरुको जुलुस निस्कनेछ ।

त्रिपुरेश्वरबाट चितवन,धादिङ र सोही बाटो भएर आउने सबै सहभागी,गौशलाबाट भक्तपुर, माइतिघरबाट दोलखा,रामेछाप,काभ्रे,सिन्धुपाल्चोक र सिन्धुली जिल्लाबाट आउनेहरुको जुलुस निस्कने छ । पुतलीसडकबाट सम्पूर्ण जनवर्गीय संगठन, लैनचौरबाट नुवाकोट,रसुवाका सहभागि, सोह्रखुट्टे नयाँ रोडबाट मकवानपुर,भिमफेदिको बाटोबाट आउनेका लागि तोकिएको छ ।

टेकुबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ र १०, वसन्तपुरबाट निर्वाचन क्षेत्र नम्बर ८, सोहखुट्टेबाट निर्वाचन क्षेत्र नम्बर ६ र ७,ज्ञानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर ३,४ र ५ तथा पुरानो बानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर १,२ का जुलिस निस्कने गरि ठाउँ तोकिएको छ । निस्किएको जुलुस नारायणहिटी दरबार अगाडी पुगेर सभामा परिणत हुने छ । पुस ५ गते प्रतिनिधि सभा विघटनपछि नेकपा विभाजित भएको छ ।

एउटा समूहको प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरिरहेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड नेपालले गरेका छन् । दुबै समूहले देशभर आफ्नो शक्ति प्रर्दशन गरिरहेका छन् । प्रचण्ड नेपाल समूहले २८ गते फेरि काठमाडौंमै जनसभा गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !