४ आश्विन २०८१, शुक्रबार

नेकपा प्रचण्ड-नेपाल समूहद्धारा श्वेत पत्र जारी गर्ने तयारी

प्रकाशित मिति :  5 February, 2021 9:57 am


काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहले श्वेत पत्र जारी गर्ने तयारी गरेको छ ।

३ वर्ष पुग्दै सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा) विभाजन, ५ वर्ष नपुग्दै संविधान संकटमा परेपछि योबीचमा भएको कमजोरी र आगामी रणनीति समेटेर श्वेतपत्र घोषणा गर्ने गरि छलफल सुरु गरेको हो ।

संविधान बनेपछि शान्ति,संवृद्धिलगायतका जे अपेक्षा गएिको थियो त्यो हुन नसक्नुको कारण खोज्ने प्रचण्ड-नेपाल समूहको भनाई छ ।

काठमाडौंमा पत्रकार सम्मेलनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने,”हाम्रोपनि कतै न कतै त्रुटी रहयो, यो प्रवृति हुर्किरहेको त थियो तर हामीले किन रोक्न सकेनौं,यसमा आत्मसमिक्षा त गर्नुपर्छ नै हामी सबैलाई समेटेर श्वेतपत्र जारी गर्छौ र यसको तयारी भइरहेको छ ।”

अध्यक्ष प्रचण्डले अब यो मुलुक राज्य नरहेको टिप्पणी गरे । उनले भने,”अब यो राज्य राज्य रहेन, नसंविधान, न लोकतान्त्तिक प्रकृया न मुख्य मान्यता न केही ।”

अध्यक्ष प्रचण्डले ओलीले लोकतन्त्रको हत्या गरेको र गुण्डगर्दी शैलीमा अगाडी बढेको बताएको । अहिले मुख्य कुरा ओलीसँगको लडाइँ भन्दापनि लोकतन्त्र रहन्छ कि रहँदैन ? संविधान रहन्छ कि रहँदैन भन्ने कुरा मुख्य भएको उल्लेख गरे ।

अर्का अध्यक्ष माधवकुमार नेपालले ओलीले सेनाका ट्याक्क हिँडाएर तर्साउन खोजेको टिप्पणी गरे । तर ओलीको यो शैलीबाट कोही नडाराउने उनको भनाई  थियो । उनले भने, “ओली जि प्रष्ट हुनुहोला हामी कोही डराउनेवाला छैन । मैदान छोडेर कोही भाग्ने वाला छैन ।”

 



प्रतिक्रिया दिनुहोस !