४ आश्विन २०८१, शुक्रबार

आफ्नो पक्षमा निर्णय नभए राम्रो नहुने निर्वाचन आयोग र अदालतलाई प्रचण्डको चेतावनी

प्रकाशित मिति :  5 February, 2021 10:45 am


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगले आफ्नो पक्षमा निर्णय नगरे राम्रो नहुने चेतावनी दिएका छन् ।

काठमाडौंमा आज पत्रकारहरुसँगको अन्तरकृया कार्यक्रममा प्रचण्डले अहिले अदालत देखि निर्वाचन आयोगसम्म सेटि ङको हल्ला चलिरहेको भन्दै गलत फैसला आए नमान्ने चेतावी दिएका हुन् ।

उनले ओलीको कदम नसच्चिएसम्म चुनाव पनि हुन नसक्ने बताए ।

निर्वाचन आयोगले पनि अहिले संविधान हुनसार निर्णय गर्छ भन्ने आफूलाई विश्वास भएको बताए । उनले भने, “निर्वाचन आयोगले अहिलेपनि संविधान अुनसार गर्छ भन्ने हामीलाई अझैपनि हामी छ । अदालतले पनि गर्छ भन्ने भरोसा गरेका छौं गरेन भने के हुन्छ भने मैले आजकल कयामत हुन्छ भन्ने गरेको छु, अहिले सोंच्ने विषय होइन, भएन भने त्यतिबेलै हुन्छ । तर, जे हुन्छ राम्रो हुँदैन ।”

अध्यक्ष प्रचण्डले अहिलेकै अवस्थामा हुने चुनावपनि असंवैधानिक र अवैधाकि हुने बताए ।

उनले भने,”हामीले बुझेको कुरा के छ भने संविधान मिचिएको छ, लोकतन्त्रको हत्या गर्ने प्रयास भएको छ, यसलाई सच्याउने हो । संविधान मिचिएको मिच्यै गरेर चुनाव गरियो भने त्यो चुनावपनि असंवैधानिक हुन्छ अवैधानिक हुन्छ । त्यसले कुनै समस्याको हल दिँदैन । यो भ्रमपनि कसैले नपाले हुन्छ । प्रतिगमन हुने, असंवैधाकि र अलोकतानित्तक हुने र त्यसैका आधारमा हुने चुनाव लोकतान्त्रिक र बैधानिक हुन्छ त ?”

अहिले निर्वाचन अयोग र हदालतमा सेटिङ छ रे भन्ने हल्ला चलेको भन्दै प्रचण्डले सबैभन्दा ठूलो सेटिङ जनता भएको बताए । उनले जनता उठेपछि सबै सेटिङ भत्कने बताए ।



प्रतिक्रिया दिनुहोस !