४ आश्विन २०८१, शुक्रबार

कोलोम्बियामा कोरोना भाइरस सङ्क्रमणबाट ५५ हजार भन्दा बढीको मृत्यु

प्रकाशित मिति :  5 February, 2021 11:26 am


ऐजेन्सी ।
२४ घण्टामा कोलोम्बियामा कोरोना भाइरस सङ्क्रमणको कारण २५४ जनाको मृत्यु भएपछि कोभिड–१९ बाट मृत्यु हुने व्यक्तिको संख्या ५५ हजार १३१ पुगेको स्वास्थ्य र सामाजिक  मन्त्रालयले  जनाएको छ ।

गत २४ घण्टाको अवधीका ९ हजार ७९० जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कोलोम्बियामा कोरोना भाइरस सङ्क्रमितको संख्या २१ लाख ३५ हजार ४१२ पुगेको छ ।

कोलोम्बियामा आगामी फेब्रुअरी २० बाट कोभिड १९ विरुद्धको खोप अभियान शुरु गरिने जनाइएको छ । त्यहाँकाे सरकारले कोभिड–१९ को कारण लागू गरेको स्वास्थ्य आपतकालिन समयावधि फेब्रुअरी २८ सम्म बढेएकाे छ । मानिसहरुलाई भीडबाट जोगिन र सुरक्षाका उपायहरु अवलोकन गर्न सरकारले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !