५ आश्विन २०८१, शनिबार

सन्राइज बैंकको शाखारहित बैंकिङ्ग सेवा भेडीयामा

प्रकाशित मिति :  5 February, 2021 1:02 pm


सिरहा । सन्राइज बैंक लिमिटेडले सिराहामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले को कल्यानपुर नगरपालिका ७, भेडीयामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेका हो ।

थप एक शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६९पुगेको बैंकले जानकारी दिएको छ ।बैंकले कल्यानपुर भेडीयामा शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमादिपेन्द« शाहलार्ई नियुक्त गरेको छ ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकमभुक्तानी, रकम स्थानान्तरण, बिलभुक्तानी जस्ता सेवाहरु लिनसकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्यआयस्रोत रहेकोे उक्त क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्गपहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म बैंकले १ सय ३९वटा शाखा,६९वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १ सय ५५ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !