५ आश्विन २०८१, शनिबार

चन्द्रागिरी हिल्सको सेयर नेप्सेमा सुचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

प्रकाशित मिति :  5 February, 2021 2:25 pm


काठमाडौं । चन्द्रागिरी हिल्सको सेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सूचीकृत भएको छ । शुक्रबार कम्पनीको आइपीओ समेत गरी १ करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर नेप्सेमा सुचीकृत भएको हो ।

नेप्सेले कम्पनीको सेयर कारोबारको लागि CGH कारोबार संकेत प्रदान गरेको छ । त्यस्तै नेप्सेले कम्पनीको शेयर पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज ९६ रुपैयाँ ६९ रुपैयाँ देखि २९० रुपैयाँ ७ पैसा प्रदान गरेको छ ।

कम्पनीको शेयर आइतबारदेखि यहि रेञ्जमा आधारित रहेर पहिलो कारोबार खुल्ने नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !