४ आश्विन २०८१, शुक्रबार

जनसभामा आउनेलाई रोक्न प्रचण्ड-नेपाल समूहले बम राखेर विप्लवको नाम लेखेको प्रधानमन्त्री ओलीको दाबी

प्रकाशित मिति :  5 February, 2021 2:49 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसभामा आउने मानिसलाई रोक्न प्रचण्ड नेपाल समूहले विप्लवको नाम लेखेर बम राखेको आरोप लगाएका छन् ।

जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनसभामा आएका रोक्ने प्रयास गरेको दाबी गरेका हुन् । उनले भने,”आफूले बम राख्ने तर विप्लवको नाम उल्लेख गर्ने, जनसभामा आउनेलाई रोक्न वम राखेर विप्लवको नाम राखियो । आफूले गर्ने गरेको कामको जिम्मेवारी नलिनेले क्रान्तिको गुरा गर्‍याछन् ।”

उनले अब मूल पार्टी कुन हो भन्ने प्रष्ट भएकोे बताए । उनले भने अब पनि मूल पार्टी कुन हो भन्नेलाई विचारा मात्र भन्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !