४ आश्विन २०८१, शुक्रबार

संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न सक्दैन : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  5 February, 2021 3:51 pm


काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् ।

नारायणहिटी दरबार संग्राहलय अगाडि भएको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूमाथि आरोप लगेको उल्लेख गर्दै भने, “जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, त्यो केपी आलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे, जसले राजतन्त्र फाल्नका लागिका जेल बसेको छ। त्यसले राजतन्त्र फर्काउँछ ? हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्दै अघि बढ्छौं ।”

ओलीले थपे “यो केपी ओली आधा दकश लोकतन्त्र स्थापना गर्न, आधा दशक सामाजीक न्याय र समानताका लागि लड्यो । यो केपी ओलीले राजतन्त्र फर्काउँछ रे रु हामीले लडेर संघीय लोकतान्त्रिक कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ ।”

प्रधानमन्त्री ओलीले केही मान्छे पार्टीबाट निस्केर गएपछि काम सुरु भएको दाबी गरे । उनले देशलाई सुरुङमार्गमा प्रवेश गराएको उल्लेख गरे । ।



प्रतिक्रिया दिनुहोस !