५ आश्विन २०८१, शनिबार

भृकुटीमण्डपमा स्वदेशी जुत्ता कम्पनीको एक्स्पो,उत्कृष्ट ब्राण्डहरुको सहभागीता

प्रकाशित मिति :  5 February, 2021 5:13 pm


काठमाण्डौँ । स्वदेशी जुत्ता तथा चप्पल कम्पनीले ‘स्वदेशी वस्तुको प्रर्वद्धन, हाम्रो अभियान’ भन्ने मूल नारासहित जुत्ता चप्पल एक्पो सञ्चालन गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा बुधवारबाट सुरु भएको जुत्ता, चप्पल, व्यापार मेला तथा प्रदर्शनी-२०७७मा स्वदेशका उत्कृष्ट ब्राण्डहरुले सहभागिता जनाएका छन् ।

बिएफ डियर हिल सुजका सञ्चालक होमनाथ उपाध्यायले करिब ५ करोड रुपैयाँको कारोबार गर्ने लक्ष्यसहित मेला सञ्चालन गरिएको बताए । “मेलाको पहिलो दिनमा व्यापार राम्रो भएको थियो, हिजो र आज नेकपाको हड्ताल र आमसभाले मेलालाई प्रत्यक्ष प्रभाव पारेको छ,” उनले भने ।

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले आयोजना गरेको मेलामा स्वदेशी ब्राण्डहरु फिटराइट, ल्याण्डवाक, फ्रस्टवाक,आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजी लगायतका ब्राण्डले  सहभागिता जनाएका छन् ।

कोभिडपछि लागेको  पहिलो बृहत एक्स्पोमा उपभोक्ताहरुले स्वःस्फुर्त रुपमा  बस्तुहरु अवलोकन गरि मुल्याङ्कन एवं तुलनात्मक रुपमा छनौट गरी सुपथ मूल्यमा खरीद गर्ने अवसर पाउने आयोजकले जनाएका छन् ।

बिगतको भन्दा यसपालीको मेलामा देशकै उत्कृष्ट ब्राण्डहरुको सहभागिता रहेको मेला आगामी फागुन १० गतेसम्म चल्ने  छ । मेलामा १५ देखि ५० प्रतिशतसम्म छुटको अफर चलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !