५ आश्विन २०८१, शनिबार

दाङमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुइ जनाको मृत्यु

प्रकाशित मिति :  6 February, 2021 12:04 pm


दाङ । दाङमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुइ जनाको मृत्यु भएको छ ।

मोटरसाइकलमा चढेका तीनमध्ये दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृत्यु हुनेमा दंगिशरण गाउँपालिका वडा नं. ३ हेकुलीका २५ वर्षीय विवेक थापा र वडा नं. ४ बैबाङका २६ वर्षीय दिनेश खड्का रहेका छन् ।

दुबै जनाको गएराति उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक झकल शर्माले सोही मोटरसाइकलमा रहेका दंगिशरण(३ रातवगाउँका २४ वर्षीय आकाश कँडेल घाइते भएको र उनको पनि कोहलपुरमा उपचार भइरहेको जानकारी दिए ।

हिजो बेलुकी साढे ८ बजेको आसपास तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा१त ३४४१ नम्बरको ट्रयाक्टरले पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा६प १४३४ नम्बरको मोटरसाइकललाई दंगिशरणको लौबस्ता ठक्कर दिएको प्रहरीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !