४ आश्विन २०८१, शुक्रबार

नेपाली कांग्रेस निकट संघसंगठनद्धारा प्रतिनिधि सभा विघटन विरुद्ध प्रर्दशन

प्रकाशित मिति :  6 February, 2021 1:44 pm


काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धमा नेपाली काँग्रेस आबद्ध पेशाकर्मी तथा श्रमिकसंगठनले आज देशशभरर साङ्केतिक विरोध प्रदर्शन गरेका छन् ।

भौतिक दूरी कायम गरी कालो मास्क र कालोपट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पेशाकर्मी र श्रमिकले मौन विरोध प्रदर्शन गरेका हुुन् ।

सोही क्रममा विरोधस्वरुप प्ले कार्ड, कालोपट्टी र कालो मास्क लगाएका समूूहद्वारा काठमाडौंँको टुँडिखेललाई केही समय मानवसाङ्लो बनाई घेराउ गरिएको थियो ।

प्ले कार्डमा ‘प्रतिनिधिसभाको पुुर्नबहाली गर, संवैधानिक सर्वोच्चता कायम गर, सामाजिक भत्ता लागू, आमनागरिकलाई निःशुुल्क खोप यथाशीघ्र वितरण, सबै श्रमिकको स्थानीय तहमा पञ्जिकरण र न्यूूनतम पारिश्रमिक निर्धारण गर’ जस्ता माग लेखिएको थियो ।

उक्त विरोध प्रदर्शन नेपाल ट्रेड युुनियन काँग्रेस, नेपाल शिक्षक सङ्घ, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन, नेपाल सांस्कृतिक सङ्घ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपाल, प्रजातन्त्रवादी चिकित्सक सङ्घ र नेपाल प्रेस युनियनलगायतका सङ्घसंस्थाको अगुुवाइमा भएको हो ।
नेपाली कांगेसले प्रतिनिधि सभा विघटन विरुद्ध चरणबद्ध आन्दोलन गर्दे आएको छ ।



प्रतिक्रिया दिनुहोस !