४ आश्विन २०८१, शुक्रबार

गृहमन्त्री बादललाई नेता पुनको चेतावनी : चिडिया खानामा थुन्छु भन्नेलाई सडकमा घिसारिन्छ

प्रकाशित मिति :  6 February, 2021 10:08 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीं(नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुनले गृहमन्त्री राम बहादुर थापा बादलल मांसहारी आन्दोलन गर्न खोज्नेहरुलाई चिडियाखानामा थुन्ने भनि दिएको चेतावनीको जवाफ दिएका छन् ।

तनहुँमा जनवर्गीय संगठन र मोर्चाहरुको बृहत भेलालाई सम्बोधन गर्दै गृहमन्त्री बादल तानाशाही बन्न खोजेको र त्यस्तो धम्की दिनेलाई आन्दोलन सफल भएपछि सडकको गल्लीमा घिसार्ने चेतावनी दिएका छन् ।

युद्ध र क्रान्ति आन्दोलनमा जेलनेल,हत्या सबै सहेर आएका नेता कार्यकर्तालाई नधम्क्याउन भन्दै नेतान पुनले संसारका धेरै तानाशाह जस्तै ओली बादलको हविगत हुने दाबी गरे ।

उनले भने,”त्यस्ता धम्कीले के गर्छ ? पहिले त्यस्ता धम्की दिनेहरु कहाँ पुगे ? त्यस्ता धम्की दिने कातरहरुले के गर्छन् ? म केपी ओली जी र रामबहादुर थापा बादलहरुलाई भन्न चाहन्छु आन्दोलन सफल भएर जनताले घिसारेर सडकमा घिसार्दा कसले सुरक्षा गर्छ ख्याल गर्नु ?”

आफूहरु यस्ता धम्कीसँग नडराउने भन्दै नेता पुनले “भने केपी–रामबहादुर थापा गुटको धम्कीले कोही डराएको छैन, हामी डराएका छैनौं, ओली र थापाजस्ता शासकहरु यो गल्लीमा लतारिन्छन्, पछारिन्छन् कसैले हेर्दैनन् । इतिहासमा कति शासकहरु लतारिए, कति मारिए हामीले धेरै देखेका छौं । प्रतिस्धर्पा गर्ने भए जनतामा विचार लिएर आउनुस् । धम्की नदिनुस् ।”



प्रतिक्रिया दिनुहोस !