५ आश्विन २०८१, शनिबार

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

प्रकाशित मिति :  7 February, 2021 12:32 pm


काठमाडौं । हप्ताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि  छापावाल सुनको प्रतितोला  ९० हजार ६ सय रुपैयाँ तोकेको हो । शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको मुल्य प्रतितोला ९० हजार १५० रुपैयाँ तोकेको छ । गत शुक्रबार उक्त सुनको बजार मूल्य ८९ हजार ५५० रुपैयाँ थियो ।

चाँदीको भाउमा पनि सामान्य बढेको छ । शुक्रबार १ हजार २९० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज एक हजार ३१० रुपैयाँ तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !