४ आश्विन २०८१, शुक्रबार

नेपालीले विश्व कीर्तिमान कायम गरेको केटू हिमालमा तीन आरोही बेपत्ता

प्रकाशित मिति :  7 February, 2021 1:38 pm


काठमाडौ । हालै नेपालीहरूले कीर्तिमान कायम गरेको विश्वको दोस्रो अग्लो हिमाल पाकिस्तानको केटू आरोहणमा गएका तीन पर्वतारोही सम्पर्कविहीन भएका छन् ।

उनीहरूका आरोहण प्रवन्धक तथा अल्पाइन क्लब अफ पाकिस्तानले शुक्रबारदेखि आरोहीहरू बेपत्ता भएको जनाएको छ ।

आइसल्यान्डका आरोही जोन स्नोरी, चिलीका आरोही जुआन पाब्लो मोर र पाकिस्तानका आरोही मुहम्मद अलि सदपाराको केटू आधार शिविरबाट सम्पर्कविहीन भएका पाकिस्तानको पत्रिका डनको अनलाइन संस्करणले जनाएको छ ।

उनीहरूका आरोहण प्रवन्धक छाङग दावा शेर्पाले तीस घन्टादेखि उनीहरू सम्पर्कविहीन भएको विज्ञप्ति जारी गरी जनाएका छन । जीपीएसको माध्यमबाट खोजि गर्दापनि पत्ता लाग्न नसकेको विज्ञप्तिमा उल्लेख रहेको एएफपीले समाचारमा जनाएको छ ।

सेनाको हेलिकप्टरले खोजी गरिरहेको भएपनि आरोहीहरूको अवस्था पत्ता लगाउन सकिएको छैन । यसरी अल्पाइन क्लब अफ पाकिस्तानका सचिव हारार हैदरीले पनि तीन जना हराइरहेको बताएका छन् ।


पाकिस्तानको माउण्ट केटूमा नेपाली आरोहीले विश्व रेकर्ड कायम गर्दाको क्षण (फोटो फिचर)


बुल्गारियाका पर्वतारोहीको केटूमा मृत्यु भएको पुष्टि भएयता तीन जना हराइरहेको समाचार सार्वजनिक भएको हो । केटूको ढलानमा यो वर्ष मृत्यु हुने बुल्गारियाली पर्वतारोही तेस्रा हुन्। यसअघि गत महिना एक स्पेनी आरोहीको मृत्यु भएको थियो ।


विश्व रेकर्ड कायम गरेका नेपालका १० जना आरोहीलाई पाकिस्तानमा भव्य स्वागत


गत जनवरीमा रूसी आरोहीको पनि केटू हिमालमा मृत्यु भएको थियो । गत महिना नेपाली टोलीहरूले हिउँदको मौसममा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए ।

प्रतिघन्टा २ सय किलोमिटरको वेगले चल्ने हावा र ६० डिग्री सेल्सियस माइनसको प्रतिकूल अवस्था रहने केटू हिमालमा नेपालीहरूले आरोहण गरी किर्तीमान कायम थिए ।



प्रतिक्रिया दिनुहोस !