५ आश्विन २०८१, शनिबार

११ करोड माथी खुद नाफा कमाएको सिटिजन लाइफले ७५ लाख कित्ता सेयर आइपीओ जारी गर्दै

प्रकाशित मिति :  7 February, 2021 3:12 pm


काठमाडौं । आइपीओ ल्याउने तयारीमा रहेको सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९.८१ प्रतिशतले खुद नाफा बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा दोस्रो त्रैमाससम्ममा ११ करोड १ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गतवर्षको तुलनामा यस वर्ष ९.८१प्रतिशतले बढी हो ।

गतवर्ष यो अवधीमा कम्पनीले १० करोड ३ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद बिमा शुल्क पनि ७३.२९५ ले बढेर १ अर्ब ३७ करोड ५३ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

सिटिजनको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । रिजर्भ कोषमा ७३.२९५ वृद्धि गरी ७२ करोड ८० लाख ४९ हजार रुपैयाँ जम्मा गरेको छ । कम्पनीले आइपीओ जारी गरी बिमा समितिले तोकेको न्यूनत चुक्त पुँजी पुर्याउने तयारी गरिरहेको छ ।

कम्पनीले साधारण सभाबाट पारित भइसकेको ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आइपीओ निष्कासन तथा बिक्री गर्ने तयारीमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !