४ आश्विन २०८१, शुक्रबार

बाइडनको प्रमाणीकरणको विरोध जनाएका सांसदहरूलाई चन्दा दिन रोक

प्रकाशित मिति :  7 February, 2021 3:39 pm


काठमाडौ । अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले अमेरिकी राष्ट्रपति जो बाइडनको प्रमाणीकरणको विरोध जनाएका सांसदहरूलाई दिने गरेको सबै चन्दामा रोक लगाउने जनाएको छ ।

माइक्रोसफ्टले आफ्नो राजनीतिक कार्य समितिद्वारा दिने गरेको सबै भन्दा सन् २०२२ भर नदिने जनाएको छ ।

अमेरिकी राष्ट्रपतिले चुनाव जितेपछि संसदमा गरिने प्रमाणीकरणमा बाइडनको विरोध गरिएको र चुनाव परिणाम उल्टाउने प्रयास गरिएको थियो ।

माइक्रोसफ्टले लोकतन्त्रलाई बलियो पार्न अन्य व्यवसायिक संगठनहरूसँग छलफल गरी मिलेर प्रयास गर्ने जनाएको छ ।

माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथले जनाए अनुसार गत चार वर्षमा राजनीतिक कार्य समितिको बीस प्रतिशत चन्दा निर्वाचक मण्डलको विरोधमा मतदान गरेका सदस्यहरूलाई गएको छ ।

बाइडनको प्रमाणीकरण विरूद्ध मतदान गर्ने अमेरिकाको तल्लो सदन र माथिल्लो सदनका १४७ सदस्यहरूलाई वालमार्ट इंक, म्यारिओट इं, एटीएन्डटी, अमेजनकमलगायत दर्जनौं अमेरिकी कम्पनीहरूले दिने गरिएको चन्दा दिन रोक लगाएका छन ।

अल्फावेट इंकको गुगल र जेनरल इलेक्ट्रिक कम्पनीले पनि सन् २०२२सममको चन्दा दिन रोक लगाउने निर्णाय गरेका छन ।

 

 

 



प्रतिक्रिया दिनुहोस !