५ आश्विन २०८१, शनिबार

सनराइज बैंकको डेपुटी सीइओमा राणा नियुक्त

प्रकाशित मिति :  8 February, 2021 2:09 pm


काठमाडौं । सनराइज बैंक लिमिटेडको डेपुटी सीइओमा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छिन् । सोमबार बसेको बैंकको संचालक समितिको बैठकले राणालाई डेपुटी सीइओमा नियुक्त गरेको हो ।

बैठकले राणालाई डेपुटी जेनेरल म्यानेजर(डिजिएम) बढुवा गरेर डेपुटी सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । राणा करिब १४ महिना अघि ग्लोबल आइएमई बैंकबाट सनराइज बैंक आएकी थिइन् ।

राणासँग नेपालको बैंकिङ क्षेत्रका विभिन्न विभागमा रहेर काम गरेको १९ वर्षभन्दा लामो अनुभव छ ।



प्रतिक्रिया दिनुहोस !