५ आश्विन २०८१, शनिबार

नेप्से ३७ अंकले बढ्दा प्रभु बैंक सर्वाधिक कारोबार गर्न सफल

प्रकाशित मिति :  8 February, 2021 3:40 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले सोमबार पनि नयाँ रेकर्ड राखेको छ । कारोबारको सुरुवाती समयमै आक्रामक तरिकाले बढेको बजार बन्द हुने समयमा ३७.४८ अंकले बढेर २५६१.४७ अंकमा पुगेर रोकिएको हो । त्यस्तै सेन्सेटिभ परिसुचक पनि ७.२८ अंकले बढेर ४७७.६० अंकमा पुगेको छ ।

आज नेप्सेमा कुल १२ उपसमुह मध्ये ७ वटा उपसमुहको सेयर बढेको छ भने ४ वटा उपसमुहको सेयर घटेको छ । त्यसैगरी, आज कारोबार रकमको आधारमा प्रभु बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५८ करोड ४ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

कुल २ सय ५ वटा कम्पनीको १ करोड ९३ लाख ३२ हजार ७२६ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १७ करोड ६५ लाख ९१ हजार ३२७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !