५ आश्विन २०८१, शनिबार

७ वटा हाइड्रोसहित ११ कम्पनीको धितोपत्रको दोस्रो बजार रोक्का

प्रकाशित मिति :  8 February, 2021 5:13 pm


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले ११ कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार रोक्का गरेको छ ।

नेप्सेले ७ वटा हाइड्रो, एउटा इन्स्योरेन्स, एउटा विकास बैंक र दुईवटा लघुवित्तको कारोबार रोक्का गरेको हो । धितोपत्रको दोस्रो कारोबार रोक्का गरिएका जलविद्युत कम्पनी अन्तर्गत नेपाल हाइड्रो डेभलपर लिमिटेड,पञ्चकन्या माई हाइड्रो पावर, पाँचथर पावर कम्पनी लिमिटेड, राधि विद्युत कम्पनी लिमिटेड, युनिर्भल पावर कम्पनी लिमिटेड, रैराङ हाइड्रपावर डेभलपमेन्ट र युनियन हाइड्रोपावर कम्पनी रहेका छन् ।

जलविद्युत कम्पनीले आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन बोर्डमा पेश नगरेको खुलेको छ । नेप्सेले वार्षिक प्रतिवेदन लगायत वित्तीय विवरण पेश नगरेपछि दोस्रो बजारमा कारोबार रोक्का गरिएको कायमुकायम सहायक प्रवन्धक सुवोध ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का


त्यस्तै आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन नबुझाएको भन्दै गुराँस लाइफ इन्स्योरेन्सको धितोपत्रको दोस्रो बजार कारोबार रोक्का गरिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । गुराँस लाइफले बोर्डका साथै नेप्सेमा समेत वित्तीय विवरण बुझाएको छैन ।

वार्षिक वित्तीय विवरण नबुझाएपछि कर्णाली डेभलपमेण्ट बैंक र कालिका लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्तको धितोपत्रको दोस्रो बजार कारोबार रोक्का गरिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !