४ आश्विन २०८१, शुक्रबार

प्रचण्ड-नेपाल समूहले तोक्यो माघ २८ गते जुलुस निस्कने ठाउँ, कसले कुन क्षेत्रको नेतृत्व गर्दैछन् ?

प्रकाशित मिति :  8 February, 2021 5:53 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले माघ २८ गतेका लागि जलुस निस्कने ठाउँ निर्धारण गरेको छ ।

केन्द्रीय संघर्ष समितिका अनुसार काठमाडौंको ५ ठाउँबाट जुलुस निस्कने छ । जुलुसको नेतृत्वको लागि विभिन्न नेताहरुको जिम्मेवारी तोकिएको छ । प्रचण्ड-नेपाल समूहले पुल्चोक,त्रिपुरेश्वर, माइतीघर,केशरमहल र जमलबाट जुलुस निस्कने छ । मूल जुलुस सुन्धराबाट निस्कने छ ।

प्रचण्ड नेपाल समूहले माघ २८ गते काठमाडौंमा दोस्रो पटक काठमाडौंमा प्रर्दशन गर्दैछन् । यसअघि माघ ९ गतेपनि काठमाडौं प्रर्दशन गरेको थियो ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित भएको छ । एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड नेपालले गरेका छन् । अहिले दुबैपक्षले आफ्नो पक्षमा शक्ति प्रर्दशन गर्दै आएका छन् ।

ओली पक्षले माघ २३ गते काठमाडौंमा प्रर्दशन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !