५ आश्विन २०८१, शनिबार

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य

प्रकाशित मिति :  9 February, 2021 12:09 pm


काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कायममुकायम कार्यकारी निर्देशक शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्ति दिने निर्णय गरेको हो।


ऊर्जा मन्त्रीको निर्देशन लगत्तै उपकार्यकारी निर्देशक शाक्यलाई सहायक कम्पनीबाट प्राधिकरणमा फिर्ता


तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल भदौ २८ गते सकिएको थियो । लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै घिसिङलाई नै पुनः नियुक्तिको आवाज पनि उठेको थियो ।


विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशकमा शाक्य

निमित्त भएको ३ दिनमै शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कायममुकाय कार्यकारी निर्देशकको जिम्मेवारी


घिसिङको कार्यकाल सकिएलगत्तै  लेखनाथ कोइरालालाई प्राधिकरणको निमित्त प्रमुख बनाइएको थियो । वरिष्ठताका आधारमा अगाडि भएपछि शाक्य एनइए इजिनियरिङको नेतृत्व गरिरहेकाले कोइरालालाई निमित्त प्रमुख बनाइएको थियो । पछि शाक्यलाई प्राधिकरणमा सरुवा गरेर सुरुमा निमित्त र लगत्तै कायममुकायमको जिम्मेवारी दिइएको थियो ।

शाक्यलाई अहिले सरकारले कार्यकारी निर्देशकमा नियुक्ति दिएको हो।



प्रतिक्रिया दिनुहोस !