५ आश्विन २०८१, शनिबार

बैतडीकी किशोरी भागरथी भट्टको हत्याको अनुसन्धानमा छिट्टै सफलता मिल्छ : गृह मन्त्री थापा

प्रकाशित मिति :  9 February, 2021 12:31 pm


काठमाडौं । गृह मन्त्री रामबहादुर थापा बादलले बैतडीकी किशोरी भागरथी भट्टको हत्याको अनुसन्धानमा छिट्टै सफलता मिल्ने दाबी गरेका छन् ।

आज नेपाल विद्यार्थी संघको ज्ञापनपत्र बुझ्दै गृह मन्त्री थापाले भट्टको हत्या सम्बन्धित घटना निर्मला पन्तको जस्तो जटिल नभएका कारण अनुसन्धानमा सफलता मिल्ने उल्लेख गरेका हुन् । उनले घटनास्थमै केन्द्रित भएर अनुसन्धान अगाडि बढाइएको भन्दै अपराधीको नजिक पुगेको गृहमन्त्री थापाको भनाई छ ।


 >भागीरथी हत्या प्रकरण : स्वाब परीक्षणका लागि काठमाडौंँ पठाइयो, हत्यामा संलग्नको अझै पत्ता लागेन


ज्ञापनपत्र बुझाउन गएको नेविसंघका सभापति राजीव ढुंगानासहितको टोलीलाई मन्त्री थापाले अपराधी उम्कन नसक्ने दाबी गरे ।

नेविसंघले गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाउँदै अपराधीहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।


 >बैतडीमा १७ वर्षीया किशोरी भट्ट हत्याबारे अध्ययन गर्न आयोगको टोली घटनास्थलतर्फ


नेविसंघले अपराधीलाई तत्काल पक्राउ गरेर कारबाही नगरे कडा संघर्षकमा उत्रने चेतावनी दिएको महामन्त्री दीपक भट्टराईले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !