५ आश्विन २०८१, शनिबार

महिला सहयात्राको खुद नाफा १२४ प्रतिशतले बढ्यो

प्रकाशित मिति :  9 February, 2021 12:56 pm


काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको दोस्रो त्रैमाससम्ममा खुद नाफा १२४ प्रतिशतले बढेको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार यो अवधीमा कम्पनीले २ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो अवधीमा गत वर्षको तुलनामा यो वर्ष १२४ प्रतिशतले बढी हो । कम्पनीले गतवर्ष यो अवधीमा १ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो ।

गत वर्ष यो अवधिमा कम्पनीले सञ्चालन मुनाफा तर्फ ७२ लाख ३० हजार रुपैयाँ थियो आर्जन गरेकोमा यो बर्ष समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा बढेर १ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै गत वर्ष खुद ब्याज आम्दानीबापत संस्थाले ४ करोड ८० लाख रुपैयाँ आम्दानी गरेकोमा चालु आर्थिक बर्षको दोस्रो त्रैमास सम्ममा संस्थाको खुद ब्याज आम्दानी पनि बढेर ६ करोड ७ लाख रुपैयाँ आर्जन पुगेको छ ।

यो अवधि सम्ममा कम्पनीले १ अर्ब २३ करोड रुपैयाँ सापटी लिई १ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष कम्पनीले ८२ करोड ४० रुपैयाँ सापटी लिई १ अर्ब २९ करोड रुपैयाँ मात्र कर्जा प्रवाह गरेको थियो ।

गत वर्ष रिजर्भमा ३ करोड ३० लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार यो चालु आर्थिक बर्षमा ६६.६६ प्रतिशतले बढेर ५ करोड ५० लाख रुपैयाँको उचाइमा पुगेको छ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३४.४० रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२४.१४ रुपैयाँ रहेको छ ।



प्रतिक्रिया दिनुहोस !