४ आश्विन २०८१, शुक्रबार

प्रधानमन्त्री ओली आयोग पुगेर निर्वाचन तयारीबारे जानकारी लिए, भने,‘म सन्तुष्ट छु’

प्रकाशित मिति :  9 February, 2021 1:32 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन अयोग पुगेर चुनावको तयारीबारे जानकारी लिएका छन् ।

निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेर प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले निर्वाचनबारे गरिरहेको तयारीका सम्बन्धमा जानकारी लिएका हुन् ।

सरकारले बैशाख १७ मा पहिलो चरण र २७ गते दोस्रो चरणको निर्वाचनको घोषणा गरेको छ । निर्वाचन अयोग पुगेका प्रधानमन्त्री ओलीलाई प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूले निर्वाचनको तयारीबारे जानकारी गराएका थिए । जानकारी लिएपछि आयोगको तयारीबारे प्रधानमन्त्री ओलीले सन्तुष्टि जनाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सल्लाहकार थापाले पत्रकारसँग कुरा गर्दै भने,“निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले गरिरहेको तयारीका सन्दर्भमा जानकारी लिन सम्माननीय प्रधानमन्त्री ज्यू आयोग निर्वाचन आयोग आउनुभयो । प्रमुख निर्वाचन आयुक्त र आयुक्त ज्यूहरूसँग निर्वाचनको तयारीबारे छलफल गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलीयाले आयोगको तयारीबारे प्रधानमन्त्री ज्यूलाई निर्वाचनको तयारीबारे जानकारी गराउनुभयो ।”

निर्वाचन आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुसँग निर्वाचनको तयारीबारे जानकारी लिँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

ब्रिफिङ सुनिसकेपछि प्रधानमन्त्री ओलीले आयोगको कामबारे सन्तुष्ट जनाएको जनाएका थिए ।

प्रेस सल्लाहकार थापाले भने,“ प्रधानमन्त्री ज्यूले निर्वाचन आयोगले गरिरहेको तयारीका सन्दर्भमा तयारी सन्तोषजनक रहेको हुनाले धन्यवाद ज्ञापन गर्नुभएको     छ ।” प्रधानमन्त्री ओलीले निर्वाचनको तयारी र आयोगले निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडि बढाउन सुझाव दिएका सल्लाहकार थापाले जानकारी दिए ।

सल्लाहकार थापाले आज पार्टी विभाजनका विषयमा भने कुनै छलफल नभएको बताए । प्रधानमन्त्रीको हैसियतले निर्वाचनको तयारीबारे मात्रै छलफल गरेको सल्लाहकार थापाको भनाई थियो ।

यद्यपी छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले माघ ११ गते निर्वाचन आयोगले एउटा निर्णय दिइसकेको तर माघ २० गते अर्को निवेदन परेको जानकारी गराएका थिए । यस विषमा छलफल नभएको थापाको भनाइ थियो ।

छलफलमा प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री इश्वर पोख्रेल, अर्थमन्त्री विष्णु पौडेलसहित निर्वाचन आयोग पुगेका थिए ।

गत पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै बैशाखमा चुनावको मिति तय गरेकी थिइन् ।

प्रतिनिधि सभा विघटनको मुद्धा अहिले सार्वोच्च अदालतमा सुनुवाई भइरहेको छ भने नेकपा विभाजितपछि माधवकुमार नेपाल र पुष्पकमल ‘दाहाल’ प्रचण्डले नेतृत्व गरेको समूह सडक संघर्षमा छ ।

पहिलो र दोस्रो चरणमा निर्वाचन हुने जिल्ला

हिजो बसेको बसेको मन्त्रिपरिषद् बैठकले पहिलो चरण र दोस्रो चरणमा हुने निर्वाचन जिल्ला टुंगो लगाएको थियो । पहिलो चरणमा प्रदेश २ का ८, गण्डकीका ११, लुम्बिनीका १२ र सुदूरपश्चिमका ९ जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने मन्त्री परिषदले निर्णय गरेको छ । पहिलो चरणमा निर्वाचन हुने जिल्ला ४० वटा छन्।

जसअन्तर्गत बारा, पर्सा, रौतहट, धनुषा, सप्तरी, सिरहा, सर्लाही, महोत्तरी, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, कास्की, तनहुँ, नवलपरासी (सुस्तापूर्व), गोरखा, लम्जुङ, म्याग्दी, बागलुङ, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, रोल्पा, प्यूठान, नवलपरासी ९सुस्ता पश्चिम०, गुल्मी, रुकुम (पूर्व), कैलाली, कञ्चनपुर, बझाङ, बाजुरा, बैतडी, अछाम, डोटी, दार्चुला र डडेल्धुरा रहेका छन् ।

दोस्रो चरण अर्थात् वैशाख २७ मा तीन प्रदेशका ३७ जिल्लामा निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ । जसमा प्रदेश १ का १४, बागमतीका १३ र कर्णालीका १० जिल्ला रहेका छन् ।

दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, पाँचथर, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुर, तेह्रथुम, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रामेछाप, दोलखा, चितवन, सिन्धुली, सिन्धुपाल्चोक, हुम्ला, जुम्ला, मुगु, कालीकोट, सुर्खेत, दैलेख, डोल्पा, जाजरकोट, सल्यान, रुकुम (पश्चिम) रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !