५ आश्विन २०८१, शनिबार

सुनको आपूर्ति सहज बनाइने

प्रकाशित मिति :  9 February, 2021 2:11 pm


काठमाडौं । विभिन्न बैंकहरु मार्फत हुँदै आएको सुनको आयात र बिक्री वितरण कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले सुन आयात र वितरणको बिषयमा निश्चित प्रावधान लागू गरेको भएपनि त्यसको कार्यान्वयन पक्ष फिलता भएको ब्यवसायीको गुनासो रहेको भन्दै राष्ट्र बैंकले त्यसलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक पहल गर्ने भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिमण्डलसँग हिजो भएको छलफलमा राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बम बहादुर मिश्रले राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसा काम भए नभएको अनुगमनगरी त्यसलाई ब्यवस्थित तगर्न पहल गरिने प्रतिवद्धता जनाए ।

त्यसक्रममा उनले तोकिएका नाकाहरूबाट पनि सरल र सहजरुपमा सुन वितरणको व्यवस्था मिलाउन, १५ गावै सिफारिस विना नै सुन विक्री गर्ने गरिएको भए त्यसलाई नियन्त्रणगर्न, आपूर्तिमा लागू हुँदै आएको कोटाको सिमा पुनरावलोकनगर्न र व्यवसायीले उठाएका अन्य जायक मागहरुको सम्वोधनगर्न राष्ट्र बैंक तयार रहेको बताए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले ब्यवसाय सञ्चालनमा दौरानमा आइपरेका समस्याहरू जानकारी गराउँदै तीनलाई हलगर्न पहल गर्न आग्रह गरे ।

उनलले व्यवसायीलाई परेका समस्या समाधानगर्न राष्ट्र बैंकको अहं भूमिका हुने उल्लेख गर्दै त्यसमा आवश्यक पहल गर्न आग्रह गरे । महासंघका उपाध्यक्ष पवन कुमार सोमानीले त्यसक्रममा ब्यवसायीमाथि पुरेका विभिन्न समस्या बारे जानकारी गराएका थिए ।



प्रतिक्रिया दिनुहोस !