२३ आश्विन २०८१, बुधबार

प्रचण्ड-नेपाल समूह निकट युवाहरूको काठमाडौैंमा मार्च पास [तस्बिरसहित]

प्रकाशित मिति :  9 February, 2021 5:40 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को प्रचण्ड-नेपाल समूह निकट युवाहरूले काठमाडौैंमा मार्च पास गरेका छन् । उक्त समूहको शक्ति प्रर्दशनको अघिल्लो दिन आज स्वयंसेवक युवाहरूले मार्र्च पास गरेका हुन् ।

प्रचण्ड-नेपाल समूहले भोली दोस्रोे पटक काठमाडौंमा प्रर्दशन गर्दैछ । यसअघि माघ ९ गतेपनि उक्त समूहले काठमाडौंमा प्रर्दशन गरेको थियो । पुस ५ गते प्रतिनिधि सभा विघटन लगत्तै नेकपा विभाजित भएको थियो । विभाजित लगत्तै प्रचण्ड-नेपाल समूहले सडक संघर्ष जारी राखेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली समूले पनि आफ्नो पक्षमा जनसभा गरिरहेको छ ।

ओली समूहले माघ २३ गते काठमाडौंमा प्रर्दशनसहित जनसभा गरेको थियो । भोली काठमाडौंमा हुने जनसभाका लागि काठमाडौंको ५ ठाउँबाट जुलुस निस्कने छ ।

पुल्चोक,त्रिपुरेश्वर, माइतीघर,केशरमहल र जमलबाट जुलुस निस्कने गरि कार्यक्रम तय रिएको छ । स्वयंसेवकहरूले जुलुस तथा आमसभाको व्यवस्थापन गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !