५ आश्विन २०८१, शनिबार

महासंघको बैंक,वित्तीय तथा बीमा समिति विस्तार

प्रकाशित मिति :  9 February, 2021 5:53 pm


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य शाहिल अग्रवालकोे सभापतित्वमा गठित बैंक, वित्तीय तथा बीमा समिति विस्तार भएको छ । समितिका सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू शक्तिकुमार वेगानी र सुवोध कुमार गुप्ता छन् ।

समितिका सदस्यहरूमा शिखर इन्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे, ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, चार्टडर्ड एकाउन्टेन्ट सुवाष झुनझुनवाला, महासंघको कार्यकारिणी समितिका पूर्व सदस्यहरू सुनिल नारायण श्रेष्ठ, रामकृष्ण प्रसाइर्“ र व्यवसायी प्रकाश तिवारी रहेका छन् ।

त्यसैगरी समितिको आमन्त्रितहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू विजय सिंह वैध, संदिपकुमार अग्रवाल, आनन्दकुमार बगाडिया र अम्बिका प्रसाद पौडेल तथा सल्लाहकारहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य सौरभ ज्योति र अधिवक्ता रमण कर्ण छन् ।

समिति विस्तार कार्यक्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले बैंक, वित्तीय तथा विमा समिति महासंघको अत्यन्त महत्वपूर्ण समिति भएकाले यसले दिने हरेक सुझावहरू संतुलित र गहन हुनुपर्ने बताए ।

बैंक तथा वित्तीय निकायहरू बलिया र सक्षम भएमात्र मुलुकभित्र उद्योग व्यसाय फस्टाउने कुरा निर्विवाद रहेको भन्दै सुझावहरू तयार गर्दा दुवै पक्षलाई लाभ हुने किसिमले बनाउनु सुझाव दिए ।

अध्यक्ष गोल्छाले महासंघले छिट्टै नै बैकिङ, कर राजस्व, श्रम लगायतका समस्याहरूलाई संवोधन गर्न महासंघभित्र दीर्घकालिन प्रकृतिको सदस्य सेवा इकाई स्थापना गर्ने तयारीमा रहेको जानकारी गराए । “इकाई साधन स्रोत सम्पन्न हुने र समस्याहरूलाई सोही इकाई मार्फतनै समाधान गरि उद्यमी व्यवसायीहरूलाई राहत दिने हाम्रो लक्ष्य छ,”अध्यक्ष गोल्छाले भने,“यसमा हामी छिट्टै “मुभ” हुन्छौं ।”



प्रतिक्रिया दिनुहोस !