४ आश्विन २०८१, शुक्रबार

नेकपा प्रचण्ड-नेपाल समूहको जुलुस सुरु [ तस्बिरसहित ]

प्रकाशित मिति :  10 February, 2021 12:05 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निकाल्न सुरु गरेको छ ।

काठमाडौं केन्द्रित दोस्रो जनसभाका लागि उक्त समूहले विभिन्न ठाउँबाट जुलुस निकाल्न सुरु गरेको छ । देशभरबाट कार्यकर्तालाई केन्द्रित गरेको प्रचण्ड नेपाल समूहको यो तेस्रो चरण अन्तर्गतको अन्तिम कार्यक्रम हो ।

गत पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित भएको छ । एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै आएका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गर्दै आएका छन् । प्रचण्ड–नेपाल समूह प्रतिनिधि सभा विघटन प्रतिगामी कदम भन्दै सडक संघर्षमा छ ।

आजको जनसभाका लागि प्रचण्ड–नेपाल समूहले काठमाडौं उपत्यकाको पाँच ठाउँबाट जुलुस निस्कने स्थान निर्धारण गरेको छ । जस अन्तर्गत पुल्चोक,त्रिपुरेश्वर, माइतीघर,केशरमहल र जमलबाट जुलुसका लागि केन्द्र तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !