५ आश्विन २०८१, शनिबार

प्रचण्ड-नेपाल समूहको प्रर्दशनका कारण काठमाडौंको ट्राफिक व्यवस्था प्रभावित

प्रकाशित मिति :  10 February, 2021 12:24 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको प्रर्दशनका कारण काठमाडौंको ट्राफिक व्यवस्थान प्रभावित भएको छ ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार काठमाडौ उपत्यका स्थित पुतलीसडक, प्रदर्शनीमार्ग र सिंहदरबार र यस आसपासका क्षेत्रमा सवारी साधनको आवागमन प्रभावित भएको छ ।

यी स्थानतर्फ आउने जाने सवारी साधनलाई बानेश्वर, डिल्लीबजार पद्मोदयमोड, माइतीघर कालीकास्थान, ल्होत्सेचोक, कृष्णपाउरोटी, महेन्द्रशालिक र सोह्रखुट्टेबाट डाइभर्सन गरिएको छ ।

यस्तै विभिन्न स्थानबाट पुल्चोकतर्फ आउने सवारी साधनलाई जावलाखेलबाट डाइभर्सन गरिएको छ । रिङरोडबाट भित्री क्षेत्रमा आउने ठूला सवारी साधन पनि रिङरोडबाटै डाइभर्सन गरिएको महाशाखाले जनाएको छ । डाइभर्सनका कारण कोटेश्वर बानेश्वर, सोह्रखुटटे लगायतका क्षेत्रमा सवारी साधनको चाप रहेको छ ।



प्रतिक्रिया दिनुहोस !